छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन रूपन्देही अदालतको आदेश

news-details

जिल्ला अदालत रूपन्देहीले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

सुप्रीम सहकारी ठगी प्रकरणमा आज जिल्ला न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । जोशी आज अदालतमा उपस्थित भएका थिए ।

सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले बहस गरेका थिए भने जोशीको तर्फबाट अधिवक्ता मनोजकुमार चौधरी र अपुर्व खतिवडाले बहस गरेको थिए।

यसअघि अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *