रोटरी क्लब अफ राजधानीले ‘साँघु न्यूज’ र ‘स्टेट नेपाल’लाई बनायो मिडिया पार्टनर (फोटोफिचर)
- माघ २७, २०८१
- 0
रोटरी क्लब अफ राजधानीले आफ्ना गतिविधिहरु प्रचार प्रसार गर्ने उद्देश्यले साघुँ न्यूज र स्टेट नेपाललाई आधिकारिक मिडिया पार्टनर बनाएको छ ।
मिडिया पार्टनर सम्वन्धी उक्त सम्झौताको माध्यमले क्लबले आफ्ना सामाजिक सेवा सम्बन्धी गतिविधिहरु जनसमुदायसम्म पु¥याउने लक्ष्य राखेको जनाएको छ ।
सम्झौता अनुसार, साघु्ँ न्यूज र स्टेट नेपालले रोटरी क्लब अफ राजधानीका विभिन्न गतिविधिहरुको मिडिया कभरेज गरी प्रकाशन र प्रचार प्रसार गर्नेछन् । यसले क्लबले गर्ने सामाजिक सेवा र समुदायमा सहभागिता बढाउने उद्देश्य राखेको छ ।
रोटरी क्लब अफ राजधानीका पूर्व अध्यक्ष एवं एडमिन कमिटीका चेयर देबेन्द्रलाल श्रेष्ठले सम्झौताको महत्व बारे बताउँदै भने, “यस सम्झौताको माध्यमले हाम्रो क्लबले गर्ने गतिविधिहरु जनसमुदायसम्म पुग्नेछ र समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्नेछ भन्ने अपेक्षा राखेका छौ ।“
साघुँ न्यूजका संस्थापक तथा प्रधान सम्पादक वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले यस सम्झौतालाई ऐतिहासिक भएको बताउँदै भने, “हामी रोटरी क्लब अफ राजधानीका गतिविधिहरुको प्रचार प्रसार गरी समाजमा जागरूकता बढाउने प्रतिवद्धता जनाउँछौ ।“
त्यस्तै, स्टेट नेपालका संस्थापक तथा प्रधान सम्पादक शंकर खनालले पनि यस सम्झौतालाई महत्वपूर्ण बताउँदै भने, “यसले नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्नेछ ।“
यस संझौताको माध्यमले रोटरी क्लब अफ राजधानीले गर्ने गतिविधिहरुको प्रचार प्रसार बढ्ने र समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको छ ।
रोटरी क्लब अफ राजधानी संस्थापक अध्यक्ष स्व. राजेन्द्र बहादुर श्रेष्ठको नेतृत्वमा २००२ मा स्थापना भएको हो ।
क्लबले धेरै मानवीय, शैक्षिक, स्वास्थ्य, स्वच्छता, र विकास सम्बन्धी परियोजनाहरुमा सहभागिता जनाएको छ र अहिले पनि सक्रिय रुपमा काम गर्दै आएको छ ।










