नेपाल समाजवादी पार्टीको प्रथम महाधिवेशन आजदेखि सुरु

news-details

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन सुरू भएको छ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार मध्याह्न महाधिवेशन उद्घाटन सत्र सुरू भएको हो।

नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा करिब एक हजार पाँच सय प्रतिनिधि सहभागी छन्। महाधिवेशन उद्घाटन समारोहमा अन्य दलहरूलाई पनि नेसपा ९नयाँ शक्ति० ले निम्त्याएको छ।

रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी, विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटालगायत उपस्थित छन्।

नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा अध्यक्ष पदमा बाबुराम भट्टराई, नेत्र चापागाईंलगायतले उम्मेदवारी दिने तयारी गरेका छन्। पार्टीले सकेसम्म सबै पदमा प्रतिस्पर्धाबाट नेतृत्व चुन्ने तयारी गरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया