संसद बैठक १५ मिनेट अवरुद्ध, वहिष्कार गर्नुको कारणबारे बोले रास्वपा सांसद
- माघ १८, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केही कुरा राख्नको लागि समय माग गर्दा सभामुखले नदिएको भन्दै १५ मिनेटको लागि सदन बहिष्कार गरेको बताएकी छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठक बहिष्कार गरेपछि उनले समय मागको कुरा सम्बोधन नहुँदा १५ मिनेट बहिष्कार गरेको बताइन् ।
उनले भनिन्, ‘हाम्रा केही विशेष कुराहरु छन् । जुन हामी राख्न चाहन्छौ भनेर सभामुखसँग समय माग गरेका थियौं । उहाँले हामीलाई समय दिनु भएन । त्यसको विरोधस्वरुप १५ मिनेटको लागि सदन बहिष्कार गर्ने निर्णय गरेर सदनबाट निस्किएका थियौं । १५ मिनेट पूरा भयो हामी जान्छौं ।’
यस्तै, अर्का सांसद हरि ढकालले पनि केही विषय राख्न थोरै समय आग्रह गर्दा पनि प्राप्त नभएको भन्दै सांकेतिक विरोध मात्र गरेको बताए ।
0 प्रतिक्रिया
अध्यादेशमार्फत देशमा व्यवसायिक वातावरण प्रवद्र्धन गर्न खोजेका हौं : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायिक वातावरण प्रवद्र्धनको लागि देशभित्र र बाहिरबाट लगानीको अनुकुल वातावरण बनाउन अध्यादेशबाट केही कानुन ल्याइएको […]
संसद अधिवेशन पर्खने समय थिएन्, त्यसैले अध्यादेश ल्याइयो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले एकातिर प्रक्रिया र अर्कोतिर नतिजा सुधारको हुटहुटीले बनेको सरकार भएका कारण संसदको अधिवेशन पर्खने समय आफूहरुसँग […]
संसद बैठक १५ मिनेट अवरुद्ध, वहिष्कार गर्नुको कारणबारे बोले रास्वपा सांसद
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केही कुरा राख्नको लागि समय माग गर्दा सभामुखले नदिएको भन्दै १५ मिनेटको लागि सदन […]
एशोसिएशनभित्र उम्मेदवार छनौटमा चरम असन्तुष्टी, दुई तिहाईले निणर्य गरेको अध्यक्ष थापाको दावी
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनका लागि उम्मेदवार छनौट धमाधम भइरहेको छ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी […]
रवि लामिछानेले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका छन् । शुक्रबार संसद […]