माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको सचिवालय सदस्य पदमा कालीकोटका प्रेमबहादुर दर्जी बिजयी भएका छन् ।

अखिल क्रान्तिकारीको २३ औं सम्मेलनबाट दर्जीले उनका प्रतिस्पर्धी मुनबहादुर वड लाई ५ मतको अन्तर र अर्का प्रतिस्पर्धी हस्तमान रोकाय (हेमन्त) लाई १० मतको अन्तरले पछि पार्दै जम्मा ५५ मत लिएर विजयी भएका हुन् ।

अखिल क्रान्तिकारी सचिवालय सदस्यमा दर्जी बिजयी

त्यस्तै अध्यक्ष पदमा विजयप्रकाश शर्मा (सापकोटा) ६८६ मतले विजयी भएका छन् । उपाध्यक्षहरुमा अटल आचार्य, मदन ढकाल, बिराज थापा र देउमा जैसि (दिपा) विजयी भएका छन् भने कोषाध्यक्ष पदमा फुलमाया रानासहितको केन्द्रिय समिति निर्वाचित भएको छ ।

 

निर्वाचित भए लगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार खुमलटारस्थित निजि निवासमा नवनिर्वाचित पदाधिकारीहरूलाई एक कार्यक्रमका बिच बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

अनेरास्ववियू (क्रान्तिकारी) को विभिन्न जिम्मेवारीमा रहदै आफ्नो भुमिका निर्वाह गर्दै संगठनले दिएको जिम्मेवारीप्रती इमान्दारताका साथ निर्वाह गरेका दर्जी अनेरास्ववियू (क्रान्तिकारी)को बिद्यालय तह बाटै राजनीतिमा जोडिएर कालिकोट जिल्लाका पुर्व उपाध्यक्ष, प्रदेश सदस्य हुँदै केन्द्रिय सदस्य समेत भईसकेका छन् ।

अखिल क्रान्तिकारी सचिवालय सदस्यमा दर्जी बिजयी
अखिल क्रान्तिकारी सचिवालय सदस्यमा दर्जी बिजयी