अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको अडान कायमै
- माघ १७, २०८१
- 0

संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले भोली (शुक्रबार) बाट आह्वान भएको संसदको हिउँदे अधिवेशनमा सरकारले ल्याएको अध्यादेशको अस्वीकार गर्ने अडान कायम नै राखेको छ ।
बिहीबार सिंहदरबारमा बसेको बैठकमा अध्यादेश प्रक्रिया हिसाबले पनि गलत भएको कारण सबै विपक्ष दलहरुले यसको अस्वीकार गर्ने सर्वसहमत निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
उनले भने,‘भोलीदेखि सुरु हुने संघीय संसदका अधिवेशन व्यवस्थित रुपमा जनताका सरोकारहरुलार्य उठाउने कुरामा एक मत भएको छ । खास गरेर अध्यादेशका बारे सरकारले जसरी सदनमा ल्याएर सबै कानुन व्यस्थित बनाएर अगाडि बढाउनुको सट्टा सरकारले सदन बोलाउने बेलामा नै आएर जसरी अध्यादेश ल्याएको छ । त्यो प्रकृयाको हिसाबले पति गलत छ । त्यसैले सबै विपक्ष दलहरुले यसको अस्वीकार चाँही गर्नुपर्छ भन्ने सर्वसहमत निर्णय भएको छ ।’
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल सहभागी छन् ।यस्तै, वेदुराम भुसाल, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, स्वर्णिम वाग्ले र सन्तोष परियार लगायतका नेताहरु सहभागिता रहेको थियो ।
0 प्रतिक्रिया
प्रधानमन्त्री ओलीले गरे स्काइ वाक टावरको अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमलादीस्थित स्काइ वाक टावरको भ्रमण र अवलोकन गरेका छन् । आज सार्वजनिक बिदाको अवसरमा प्रथम […]
नेपाल आइपुगेका विद्यार्थीले सुनाए प्रकृतिको आत्महत्यापछि भएको ज्यादतीको विस्तृत जानकारी

भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्याको घटनाले बारे छानबिन गर्न […]
प्रकृति मृत्यु प्रकरण :ओडिसाका शिक्षामन्त्रीसँग परराष्ट्रमन्त्रीले गरिन् कुराकानी

परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको ओडिसाको उच्च शिक्षामन्त्री (हायर एजुकेशन मिनिस्टर) सूर्यवंशी सुरजसँग कुराकानी गरेकी छिन् । उनले नेपाली छात्रा […]
अपांगता सहायता सामग्री उत्पादन सम्वन्धी कार्यशाला सम्पन्न

अपांगता भएका व्यक्तिहरूलाई सहायता सामग्री उत्पादन र वितरण गर्न नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा, विज्ञान तथा […]
प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि बढ्न आवश्यक : सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले धेरै साथीहरुको त्याग, तपस्या र बलिदानबाट आएको प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि […]