राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक आह्वान गरेको छ।
सोमबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेगरी बैठक आह्वान भएको रास्वपाले बताएको छ।
बैठकमा समसामयीक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ।
त्यस्तै विभिन्न नियमावलीहरूमाथि पनि छलफलको कार्यसूची छ।







