आजको मौसम : हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना
- माघ १३, २०८१
- 0
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मौसममा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जसका कारण आज बिहान कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
दिउँसो भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको र कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै बागमती ,गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ ।
यसैगरी सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
0 प्रतिक्रिया
सत्तारुढ दलहरूको बैठक आज बस्दै
सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने […]
कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै
नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । हिजो आइतबार दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय […]
आज दुईवटा संसदीय समितिको बैठक बस्दै
सोमबार संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक […]
काठमाडौँमा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्यो
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको जनाएको छ। महाशाखाले दिएको जानकारी अनुसार आइतबारको […]
रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन छलफलका एजेण्डा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा […]