राप्रपा केन्द्रीय समिति बैठक जारी
- माघ १२, २०८१
- 0
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।
शुक्रबारदेखि काठमाडौंको धुम्बाराहीमा सुरु भएको बैठक आजसम्म बस्ने भएको हो । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ ।
बैठकमा वर्तमान समसामयिक राजनीतिकबारे छलफल हुने बताइएको छ । साथै, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल भैरहेको अध्यक्ष लिङ्देनले जानकारी दिएका छन् ।
बैठकमा अर्थतन्त्र शिथिल र कमजोर भएकोबारे छलफल गरिनेछ । यस्तै, अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित साङ्गठनिक अवस्था र जिल्ला अधिवेशनहरू बारेमा छलफल हुनेछ ।
0 प्रतिक्रिया
हिउँदे अधिवेशनको पहिलो दिन संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले सत्तामा रहेका दल नेपाली कांग्रेस […]
राजश्व वृद्धिमा भएको प्रगतिप्रति चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको तुलनामा यो वर्ष राजश्व वृद्धिमा प्रगति भएको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको […]
रास्वपाले बोलायो सचिवालय बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक आह्वान गरेको छ। सोमबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेगरी बैठक आह्वान […]
कांग्रेस संसदीय दलको बैठक बस्दै
आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । दिउँसो २ बजदेखि सुरु हुने बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको […]
आज तीनवटा संसदीय समितिको बैठक बस्दै
आइतबार संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता […]