तीनवटा संसदीय समितिको बैठक बस्दै
- पुस २८, २०८१
- 0
संघीय संसद अन्तर्गत आज विभिन्न तीनवटा समितिको बैठक बस्दै छ ।
आइतबार अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै,राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
0 प्रतिक्रिया
मन्त्रालयले कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्दै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । आइतबार दिउँसो सिंहदरवारस्थित मन्त्रालयको सभाहलमा […]
ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बाघभैरव मन्दिर (तस्वीरहरु)
धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बाघभैरव मन्दिर काठमाडौंको कीर्तिपुरमा अवस्थित रहेको छ । यो मन्दिर काठमाडौं उपत्यकाबाट ७ किलो […]
यूरो स्कूल सृजनानगरले मनायो ‘यूरो स्पोर्टस् टाइम २०८१’ (फोटोफिचर)
यूरो स्कूल सृजनानगर भक्तपुरले ‘यूरो स्पोर्टस् टाइम २०८१’ भव्य रुपमा मनाएको छ । उपत्यका प्रहरी परिसर रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर […]
रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले […]
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन पुनः आग्रह गरेको छ। केन्द्रीय […]