लायन्स क्लव इन्टरनेशनल ३२५ आइ अन्तर्गतका क्लवहरुले काभ्रेपलान्चोकस्थित बेथान्चोक गाउँपालिका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री साथै विद्यालय पोसाक वितरण गरेको छ ।

लायन्स क्लव इन्टरनेशनलका विभिन्न क्लवहरुद्धारा बेथान्चोकका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

बेथान्चोक गाउँपालिका वडा नंं ३ भित्र रहेका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोको समयमा विद्यालय पोशाक, टोपी, स्टेशनरी सहित विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गर्न लायन्स क्लव इन्टरनेशनल ३२५ आइ अन्तर्गतका सदस्यहरु सोही स्थान पुगेका थिए ।

लायन्स क्लव इन्टरनेशनलका विभिन्न क्लवहरुद्धारा बेथान्चोकका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

लायन्स क्लब अफ काठमाडौ परोपकार, लायन्स क्लब अफ काठमाडौ रन्जना, लायन्स क्लब अफ काठमाडौ तार्केस्वर, लायन्स क्लब अफ काठमाडौ रन्जना सिस्टर, लायन्स क्लब अफ काठमाडौ रक्तदाता समुह, लायन्स क्लब अफ काठमाडौ आस्थापुन्ज र लायन्स क्लब अफ काठमाडौ गोल्डेन हर्टको सहयोगमा शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो ।

लायन्स क्लव इन्टरनेशनलका विभिन्न क्लवहरुद्धारा बेथान्चोकका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

साथै लायन्स क्लव इन्टरनेशनल ३२५ आइ नेपालकी फस्ट डिट्रिक भाइस पे्रसिडेन्ट लायन पार्बती खरेल पान्डे उनकै समुहमा सहभागि भएका ७ वटा क्लवहरुले ३ सय जना विद्यार्थीहरुलाई विद्यालय पोसाक, शैक्षिक सामाग्री र स्टेशनेरीका सामानहरु उपलब्ध समेत उपलब्ध गराई हस्तान्तरण गरिएको हो ।

लायन्स क्लव इन्टरनेशनलका विभिन्न क्लवहरुद्धारा बेथान्चोकका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

कार्यक्रममा गाँउपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, पुर्व–अध्यक्ष प्रेमबहादुर तिमल्सिना, वडा अध्यक्ष कुवेर ढकाल लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै कार्यक्रममा डिष्ट्रिक गर्भनर लायन विनोद ढुंगाना, फ्रष्ट भाइस डिष्ट्रिक गर्भनर लायन पार्वती खरेल पाण्डे, सेकेन्ड भाइस गर्भनर लायन सुर्यकुमार केसी, सचिवालय प्रशासक लायन महेश पाण्डेय, साथै लायन्सका विभिन्न पदाधिकारीहरु लायन केदार न्यौपाने, लायन नवराज पाण्डेय, लायन सुबास खत्री, लायन विनय त्रिपाठी, लायन पुर्ण कार्की लायन शशी भुमि श्रेष्ठ, लायन विना श्रेष्ठ, लायन चक्र न्यौपाने, लायन कल्पना श्रेष्ठ, लायन पार्वती भट्ट, लायन दिपक सापकोटा, लायन राजकुमार तिमल्सिना, लायन प्रल्हाद शर्मा हुमागाई लगायतको सहभागिता रहेको थियो ।

लायन्स क्लव इन्टरनेशनलका विभिन्न क्लवहरुद्धारा बेथान्चोकका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण