रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
- मंसिर ७, २०८१
- 0
चितवनको साहारा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी गरिएको छ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले आज उनीसहित १० जनाविरुद्ध पक्राउका लागि प्रहरीलाईअनुमति दिएका हुन ।
पक्राउ पुर्जी जारी भएकामा रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जना छन् । उनीहरूविरुद्ध केही दिनअघि मात्रै जाहेरी परेको र सोही आधारमा जाहेरी परेका सबैविरुद्ध पक्राउ पुर्जी जारी भएको चितवन प्रहरीले जनाएको छ।
चितवनको साहारा सहकारीका २४ जना सदस्यले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए। साहाराबाट गोर्खा मिडियासहित ५ वटा कम्पनीमा रकम गएको पाइएको छ।
0 प्रतिक्रिया
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा […]
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
चितवनको साहारा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी गरिएको […]
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा […]
‘पद्मोदयमोड जुत्ता एक्सचेन्ज’ मेलाको सोरुम अब काठमाडौंको शान्तिनगरमा, पुरानो जुत्तासँग नयाँ साट्ने सुनौलो अवसर
विगत ७ वर्षदेखि पुतलीसडकस्थित पद्मोदयमोडमा लागिरहेको ‘पद्मोदय जुत्ता एक्सचेज मेला’को सोरुम काठमाडौंको मीनभवनस्थित शान्तिनगरमा सरेको छ । काठमाडौं महानगरपालिकाले विद्यालय […]
‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ : प्रधानमन्त्री ओली
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने दाबी गरेका छन् […]