विगत ७ वर्षदेखि पुतलीसडकस्थित पद्मोदयमोडमा लागिरहेको ‘पद्मोदय जुत्ता एक्सचेज मेला’को सोरुम काठमाडौंको मीनभवनस्थित शान्तिनगरमा सरेको छ ।

काठमाडौं महानगरपालिकाले विद्यालय क्षेत्रभित्र व्यापारिक प्रयोजनको लागि भाडामा लगाउन नपाइने भन्ने नियम लागू गरेपछि उक्त नियमको पालना गर्दै पद्मोदय मोडमा रहेको जुत्तामेलाको सोरुम मीनवभवनस्थित शान्तिनगर गेटनजिकै जिम्बु थकाली र नेपाल कोरिया स्किन मेडिकलको छेउमा सरेको छ ।

‘पद्मोदयमोड जुत्ता एक्सचेन्ज’ मेलाको सोरुम अब काठमाडौंको शान्तिनगरमा, पुरानो जुत्तासँग नयाँ साट्ने सुनौलो अवसर

विशुद्ध नेपाली ब्राण्डका केटिएम सुज र सम्राट सुजले लामो समयदेखि पद्मोदयमोडमा सुपथ मुल्यमा जुत्ताचप्पल बिक्री वितरण गर्नुका साथै जुत्ता एक्सचेन्ज मेला सञ्चालन गर्दै आएकोमा उक्त मेलाको सोरुम उपभोक्ताको रोजाईलाई मध्यनजर गर्दै शान्तिनगरमा संचालनमा आएको हो ।

विगतका वर्षहरुमा वर्षको २ पटक एक्सचेन्ज मेला आयोजना हुदै आइरहेको थियो । जसअन्तर्गत १४ वटा संस्करण पद्मोदयमोडमा सफलतापूर्वक सम्पन्न भईसकेकोमा १५ औं संस्करणको सुरुवात शान्तिनगरको सोरुमबाट भएको छ ।

‘पद्मोदयमोड जुत्ता एक्सचेन्ज’ मेलाको सोरुम अब काठमाडौंको शान्तिनगरमा, पुरानो जुत्तासँग नयाँ साट्ने सुनौलो अवसर

एक्सचेन्ज मेलामा नेपाली ब्राण्डका उच्च क्वालिटीका जुत्ताहरु राखिएको छ । त्यस्तै मेलाकै लागि भनेर १ हजारभन्दा बढी नयाँ र लेटस्ट डिजाइनका जुत्ताचप्पलहरु भर्खरै लन्च गरिएको आयोजकले जानकारी दिएका छन् ।

मेलामा जस्तोसुकै पुरानो जुत्ताको मुल्यांकन ५ सय रुपैया तोकिने र छालाको जुत्तामा थप २५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको मेला आयोजक तथा केटिएम सुजका प्रबन्ध निर्देशक प्रमोद महतोले जानकारी दिए ।

‘पद्मोदयमोड जुत्ता एक्सचेन्ज’ मेलाको सोरुम अब काठमाडौंको शान्तिनगरमा, पुरानो जुत्तासँग नयाँ साट्ने सुनौलो अवसर

त्यस्तै उच्च क्वालिटीका स्पोर्टस सुजहरुमा पनि बजार मुल्यभन्दा १ हजार रुपयाँ कम र एक्सचेन्ज गरेमा थप ५ सय रुपैया कम हुने उनी बताउँछन् ।

मेलामा पार्टीसुज, क्याजुवल सुज, स्पोर्टस् सुज, स्कुल सुज, अफिस सुज, स्टिल सुज, स्निकर र महिला र पुरुषहरुका लागि आवश्यक चप्पलहरु समेत पाईने आयोजकको दावी छ ।

सर्वसुलभ मुल्यमा सबैले उच्च गुणस्तरको जुत्ताचप्पल लगाउन पाउन र नेपाली जुत्ता पनि विदेशी जुत्ताभन्दा कम छैन भनी चिनाउँनलाई मेला आयोजना गरेको आयोजक महतोले जानकारी दिए ।

‘पद्मोदयमोड जुत्ता एक्सचेन्ज’ मेलाको सोरुम अब काठमाडौंको शान्तिनगरमा, पुरानो जुत्तासँग नयाँ साट्ने सुनौलो अवसर

आफूले लामो समयदेखि केटिएम सुज नै लगाउँदै आएको बताउँदै मेलामा भेटिएका उपभोक्ता रोहित कटुवालले केटिएम सुज अरुभन्दा बलियो र टिकाउयुक्त भएकाले पुनः खरिद गर्न आएको बताए ।

आफ्नो उत्पादन बिचौलियाको हातमा नपारी सिधै ग्राहकमाझ पु¥याउनका लागि मेला आयोजना गरेको बताउँदै आयोजक महतोले शान्तिनगरमा वृहत् रुपमा लागिरहेको जुत्ता एक्सचेन्स मेलालाई पनि पद्मोदय जुत्ता मेलालाई जस्तै माया गरिदिन आग्रह गरे ।

एक्सचेन्ज मेलाको १५ औं संस्करण काठमाडौंको शान्तिनगरमा सुविधासम्पन्न सोरुम सहित संचालनमा आईसकेको हुनाले उपभोक्ताहरुले आफूसँग भएका पुराना जुत्ता लिएर मेलामा आई मौकाको फाइदा उठाउन आयोजकको आग्रह छ ।