बीपी राजमार्ग रातको समयमा ७ घण्टा बन्द हुने
- मंसिर ६, २०८१
- 0
गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुनेछ ।
सडकखण्ड अन्तर्गत चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेकाले सडक बन्द गरिएको हो । रातिको समयमा राजमार्गको
विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा जनाइएको छ ।
बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म गएरातिबाट सात घण्टा सवारी साधन सञ्चालन बन्द गरिएको कार्यालयले जनाएको छ ।
सडक कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको समयमा उक्त राजमार्गमा गाडी नचलाउन आग्रह गरेको छ ।
0 प्रतिक्रिया
चावहिलमा शुरु भयो जुत्ताचप्पल व्यापार मेला , एउटै छानामुनि १४ कम्पनीका ८ हजारभन्दा बढी डिजाइनका जुत्ताचप्पल उपलब्ध
काठमाडौंको चुच्चेपाटीस्थित हायात ग्राउण्डमा तेस्रो चावहिल जुत्ताचप्पल व्यापार मेला शुरु भएको छ । चावहिलको चुच्चेपाटीस्थित पासाङ ल्हामुको सालिक पछाडिको रहेको […]
भारतीय सेनाध्यक्ष द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
राष्ट्रपति रामचन्द्र पौडेलले आज भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने भएका छन् । नेपाल र भारतबीच […]
बीपी राजमार्ग रातको समयमा ७ घण्टा बन्द हुने
गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ । […]
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो […]
आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइँदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका […]