चावहिलमा शुरु भयो जुत्ताचप्पल व्यापार मेला , एउटै छानामुनि १४ कम्पनीका ८ हजारभन्दा बढी डिजाइनका जुत्ताचप्पल उपलब्ध

news-details

काठमाडौंको चुच्चेपाटीस्थित हायात ग्राउण्डमा तेस्रो चावहिल जुत्ताचप्पल व्यापार मेला शुरु भएको छ ।

चावहिलको चुच्चेपाटीस्थित पासाङ ल्हामुको सालिक पछाडिको रहेको ग्राउन्डमा लागिरहेको व्यापार मेला विवाह र जाडो महिनालाई लक्षितगरि आयोजना गरिएको आयोजकले जनाएका छन् ।

नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले गत मंसिर १ गतेबाट सुरु भएको मेलामा विशुद्ध नेपाली ब्राण्डका ८ हजारभन्दा बढी डिजाइनका जुत्ताचप्पल राखिएको छ ।

मेलामा चर्चित नेपाली ब्राण्डहरु शिखर सुज, बोस सुज, भेनस सुज, वान वल्र्ड, सिल सुज, प्राइड स्वदेशी जुत्ता, हाइ लाइफ, एक्स्ट्रा सुज, फुट स्टेप, हिमाल सुज, आइडल सुज, बेली सुज, हिमानी कलेक्सन र डिजे कलेक्सनगरि १४ वटा कम्पनीका नयाँ र लेटेस्ट डिजाइनका जुत्ताचप्पल राखिएका छन् ।

ग्राहकहरुकै रोजाईअनुसार भर्खरै लन्च भएका विशुद्ध नेपाली ब्राण्डका जुत्ताचप्पल १० देखि ५० प्रतिशतसम्म छुटमा किन्न पाईने मेला संयोजक तथा सिल सुजका प्रबन्ध निर्देशक दिवाकर गिरीले जानकारी दिए ।

मेलामा स्पोर्टस् सुज, क्याजुवल सुज, स्टिल सुज, पार्टी सुज, अफिस सुज, स्कुल सुज, लोफर सुज, ट्रेकिङ सुज साथै महिला र पुरुषका लागि सबै खालका चप्पलहरु पाइने आयोजक गिरीले बताए ।

त्यस्तै मेलाका अर्का आयोजक तथा फुट स्टेप सुजका प्रबन्ध निर्देशक आरसी केसीले एउटै छानामुनि १४ वटा कम्पनीका ८ हजारभन्दा बढी डिजाइनका आकर्षक र टिकाउ जुत्ताचप्पल पाइने भएकाले उपभोक्ताको आकर्षक बढ्दै गएको जानकारी दिए ।

मेलामा डाइरेक्ट फ्याक्ट्रीबाट उपभोक्तासम्म जुत्ता पुग्ने भएकाले बिचौलियाले खाने नाफा समावेश नुहने हुनाले उपभोक्ताले फ्याक्ट्री मुल्यमा नै जुत्ताचप्पल पाउने उनको दावी छ ।

त्यस्तै मेलामा १५० रुपैयाँदेखि देखि ९ हजार ५ सय रुपैयाँसम्मका जुत्ताचप्पल ६ महिनादेखि १ वर्षको वारेन्टीसहित खरिद गर्न पाइने मेला आयोजकको भनाई छ ।

नेपाली उत्पादन हरेक नेपालीमाझ पु¥याउन मेला आयोजना गरेको बताउँने गिरी भन्छन् –‘नेपाली उत्पादनको प्रोमोट गर्नु नै हाम्रो मुख्य उद्देश्य हो । हरेक नेपाली माझ नेपाली उत्पादन परिचित गराउन हामीले मेला लगाएका छौ ।’

मेलामा आएका उपभोक्ता मंगलबिर गहतराज सस्तो मुल्यमा गुणस्तरिय जुत्ता किन्न पाउँदा मख्ख देखिन्थे । आफूले यसअघि पनि पटक पटक मेलामै आएर जुत्ता खरिद गरेको बताउँदै उनले आमामी दिनमा पनि सधैं मेलामै आएर परिवारको लागि जुत्ताचप्पल खरिद गर्ने बताए ।

चावहिलको चुच्चेपाटीमा रहेको पासाङल्हामुको सालीक पछाडिको ग्राउण्डमा लागिरहेको मेलामा ५० प्रतिशतसम्म छुटसहित जुत्ताचप्पल व्यापार मेला लागिरहेको हुनाले आकर्षक, टिकाउ र भरपर्दो जुत्ता खरिद गर्नका लागि सम्पुर्ण उपभोक्ताहरु एकपल्ट मेलामा आएर नेपाली उत्पादनलाई माया गरिदिन आयोजकको आग्रह छ ।

पछिल्लो समय नेपाली उत्पादनले हरेक नेपालीहरुको मन जितिरहेको अवस्थामा चावहिलमा लागिरहेको विशुद्ध नेपाली ब्राण्डको जुत्ताचप्पल व्यापार मेलाले पनि हरेक नेपालीको मन जित्नेमा आयोजकहरु विश्वस्त छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया