आज तीन संसदीय समितिको बैठक बस्दै

news-details

संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै छ ।

बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक समितिको कार्यकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारबाहीका विषयमा छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगति तथा. विश्व जलवायु सम्मेलन (कोप २९)मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा छलफल हुने छ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने छ । कार्य सूचिअनुसार बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *