केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बन्दै पद तथा गोपनीयताको शपथ लिएका छन्।
शीतलनिवासमा सोमबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराएका हुन्।
उनले देश र जनताको नाममा शपथ लिएका छन्। शपथ ग्रहणपछि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुर्सी हस्तान्तरण गरेका छन्।
प्रधानमन्त्री ओलीले सपथ लिएपछि राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका छन्। ओली सरकारमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र नेकपा (एमाले) बाट विष्णु पौडेल उपप्रधानमन्त्री छन्।
शपथग्रहण समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च पदस्थहरूको उपस्थित छ।
मन्त्रीहरूको सूची
प्रकाशमान सिंह – उपप्रधानमन्त्री, शहरी विकास
विष्णु पौडेल – उपप्रधानमन्त्री, अर्थ
पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
रमेश लेखक – गृह
शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
आरजु राणा – परराष्ट्र
प्रदीप यादव – खानेपानी
बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
तेजुलाल चौधरी – युवा तथा खेलकुद
अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
मानवीर राई – रक्षा
दीपक खड्का – ऊर्जा
राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
ऐनबहादुर शाही – वन तथा वातावरण
प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी








