केन्द्रीय समिति बैठकमा रास्वपा महामन्त्री मुकुल ढकालको प्रस्ताव पेश (पूर्णपाठसहित)

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालको बहुचर्चित प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेश भएको छ ।

समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिने भनिएपनि सभापति लामिछानेले रोकेको आरोप महामन्त्री ढकालले लगाएका छन् ।

महामन्त्री ढकालले लिखित प्रस्ताव तयार पारेपनि सभापति रवि लामिछानेले अनुमति नदिएको बताएका छन् । बैठकको लाइभ गर्न नदिएपछि आफ्नो लोकतान्त्रिक अधिकार हनन् भएको भन्दै उनी मुखमा कालो टेप टाँसेर मौन बसे ।

महामन्त्री ढकालको प्रतिवेदन सहमहामन्त्रीले बैठकमा बाचन गरे । केहिबेरको विश्रामपछि उक्त प्रतिवेदनमाथि छलफल सुरु हुने रास्वपाले जनाएको छ ।

उक्त प्रस्तावमा महामन्त्री ढकालले पार्टीलाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने उल्लेख गरेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *