आफू अस्थिर नभएको भए समृद्धिको नयाँ अभियान सुरु नहुने प्रधानमन्त्रीको दाबी

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अस्थिर नभएको भए समृद्धिको नयाँ अभियान सुरु नहुने दाबी गरेका छन् ।

आइतबार नेकपा एकीकृत समाजवादी पार्टीको दशौं महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेकपा एसको दस्तावेजमा आफूलाई अस्थिर भनेपछि जमेको पानीको पोखरी जस्तो भएर बस्नु माक्र्सवाद हो कि ? गढगडाउँदो नदीजस्तो भएर उर्लनु माक्र्सवाद हो ?’ भन्दै प्रश्न गरे ।

उनले भने, ‘मैले तपाईंहरुको दस्तावेज पूरै हेर्न भ्याएको छैन् । तर तपाइँहरुले बिभिन्न राजनीतिक दलको मुल्याङ्कन गर्दा नजिकको मित्रका साथै प्रचण्ड अस्थिर भन्नुभएको छ । तपाईंलाई त्यो भन्ने अधिकारमा प्रश्न उठाउँदिन । शान्ति प्रक्रिया पछि समृद्धिको नयाँ अभियान चलेको प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैनथ्यो । शान्ति सम्झौता पनि हुनदैनथ्यो । प्रक्रियामा यहाँ आइपुग्दैन थियौं । जमेको पानीको पोखरी जस्तो भएर बस्नु माक्र्सवाद हो कि ?गढगडाउँदो नदीजस्तो भएर हुर्रिने माक्र्सवाद हो ?।’

अहिले पनि भ्रष्टहरू गिरफ्तार गर्ने र मुद्दा चलाउने प्रक्रिया चलिरहेको भन्दै भ्रष्टाचारविरोधी अभियानलाई पनि निस्तेज पार्ने प्रयासहरू भइरहेको उनको भनाई छ ।

उनले भने, ‘मैले सरकारको नेतृत्व गरेदेखि नै भ्रष्टाचारविरुद्धको पहल बढाइराखेको छु । अहिले पनि भ्रष्टहरू गिरफ्तार हुने, तीनिहरूमाथि पनि मुद्दा चल्ने प्रक्रिया चलिरहेको छ । तर, यहाँ सबै भ्रष्टमात्रै छन् भन्ने व्याख्या गरिएको छ । अहिले भ्रष्टाचारविरोधी अभियानलाई पनि निस्तेज पार्ने प्रयासहरू भइरहेका छन् ।’

प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादी र माओवादी सुरुआतदेखि नै एउटै मोर्चामा बसेर एउटै पार्टी बनाउने प्रयास गरिरहेको पनि बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *