स्विटजरल्याण्डमा राष्ट्रपति रामचन्द्र पौडेललाई राजदूतावासको सम्मान

news-details

राष्ट्रपति रामचन्द्र पौडेल स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा उनको सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । सो अवसरमा राजदूत सुवेदीले स्वीस–नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे राष्ट्रपति पौडेललाई जानकारी गराए ।

उक्त अवसरमा राष्ट्रपति पौडेललाई स्विट्जरल्यान्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी एवं स्विटजरल्याण्डस्थित नेपालीहरूले स्वागत गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सो समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्विट्जरल्यान्डका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृड गराएको बताउँदै आईएलओको कार्यक्रममा उनको सम्बोधनले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठनको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार मूख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *