किशोरीलाई ‘आँखा झिम्क्याएको निहुँ’मा प्रहरी जवानको हत्या, एक नावालकसहित सात जना पक्राउ

news-details

प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेका छ । आइतबार काठमाडौँ जिल्ला प्रहरी परिसरले पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका १ घर भई हाल बालाजु बस्ने २१ वर्षीय सचिन परियार, नुवाकोट जिल्ला गुप्तेश्वर गाउँपालिका घर भइ हाल बालाजु बस्ने १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङजा घर भएका हाल बालाजु बस्ने २१ वर्षीया बसुन्धरा कार्की ,सँगै घर भएकी ५६ वर्षीया नुनमाया कार्की ,नुवाकोट घर भइ सोही स्थानमा बस्ने २१ वर्षीय बुद्ध तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई हाल बालाजु बस्ने ३० वर्षीय अमृत तामाङ र एकजना १३ वर्षका नाबालक रहेका छन् ।

प्रहरी जवान घिमिरेको हत्या के कारण भएको भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत खोटाङको मजुवागढी गाउँपालिका–१ का घिमिरे को शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौंको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया