लायन्स क्लब अफ काठमाडौँ रक्तदाता समुहले १ लाख रुपैया बराबरको ह्वील चेयर वितरण गरेको छ । शुक्रवार एक अनौपचारिक कार्यक्रमका विच १० जनालाई ह्वील चेयर वितरण गरेको हो । पूर्ण अशक्त व्यक्तिहरुलाई केहि राहत मिलोस् भन्ने उद्देश्यले वितरण प्रक्रिया अघि बढाएको थियो ।

‘एलसिके’ रक्तदाता समुहद्धारा १ लाख बराबरको ह्वील चेयर वितरण

जसमा २१ जनाले आवेदन दिएकोमा १० जना छनौट गरि आज एक कार्यक्रमकाबीच ह्वील चियर प्रदान गरिएको लायन्स क्लब अफ काठमाडौँ रक्तदाता समुहका चार्टर प्रेसिडेन्ट तथा लायन्स क्लब अफ काठमाडौं ३२५ आई नेपालका रिजन चियर पर्सन केदार प्रसाद न्यौपानेले जानकारी दिए । देश तथा विदेशमा रहेका बिरामीहरुले रगतको अभावमा उपचार नरोकियोस् भन्ने उद्देश्यले रक्तदान तथा रगत उपलब्ध गराउने कार्य समेत गरिरहेको उनले बताए ।

‘एलसिके’ रक्तदाता समुहद्धारा १ लाख बराबरको ह्वील चेयर वितरण

कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स क्लब इन्टरनेशनल ३२५ का गर्भनर चन्द्र कुमार केसीले रक्तदाता समुहले रगतको क्षेत्रमा मात्र नभई अन्य थुप्रै क्षेत्रमा पु¥याएको योगदानको कदर गरे । साथै आगामी दिनहरुमा पनि यस्ता सहयोग निरन्तर गर्दै जान समेत आग्रह गरे ।

कैलालीदेखि झापासम्मका अशक्तहरुले ह्वील चियर प्राप्त गरेका छन् । उक्त वितरण कार्यक्रमा लायन्स क्लब इन्टरनेशनल ३२५ का गर्भनर चन्द्र कुमार केसी, इलेक फस्ट भाइस गर्भनर पार्वती खरेल पाण्डे, लायन्स क्लब अफ काठमाडौँ रक्तदाता समुहका अध्यक्ष चक्त बहादुर न्यौपाने (सुदर्शन), लायन्स क्लब अफ काठमाडौँ आस्थाकुञ्जका प्रेसिडेन्ट पार्वती भट्ट लगायतको उपस्थिति रहेको थियो ।

‘एलसिके’ रक्तदाता समुहद्धारा १ लाख बराबरको ह्वील चेयर वितरण

लायन्स क्लब अफ काठमाडौँ रक्तदाता समुहले यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । क्लबका चार्टर प्रेसिडेन्ट न्यौपानेको संयोजकत्वमा बेलाबेलामा रक्तदानका कार्यहरु गरि रक्तअभाव भएका ठाउँमा रगत उपलब्ध गराउँदै आएको छ । त्यस्तै केहि समयअघि मात्र गुल्मीमा मलद्धार नभएको विरामीको अपरेसमा समेत पूर्ण सहयोग गरेको छ । जसमा पहिलो र दोस्रो चरणको अपरेसन सम्पन्न भइसकेको र अन्तिम चरणको अपरेसन पनि भर्खरै सफल भएको छ ।