यस्तो देखियो बाइसधारा मेलाको रौनक (फोटो फिचर)

news-details

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन काठमाडौंको बाइसधारामा पाँचदिनसम्म लाग्ने मेला आजबाट सुरु भएको छ । काठमाडौंको बालाजु बाइसधारामा मंगलबार बिहानैदेखि मेलामा सहभागी भक्तजनको घुँइचो लागेको छ ।

भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने हेतुले मेला व्यवस्थापन समितिले २२ वटै धाराबाट पानी प्रवाह हुने व्यवस्था मिलाएको जनाएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यो वर्ष मेलामा दुई लाख भक्तजनले सहभागीता जनाउनले समितिले अनुमान गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *