पिजे क्लवमा नयाँ नेतृत्व, अध्यक्षमा द्वारिका काफ्ले चयन

news-details

नेपालका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरूको संगठन फोटो पत्रकार क्लव (पीजे क्लब), नेपालको अध्यक्षमा द्वारिका काफ्ले चयन भएका छन्।

आइतबार भएको क्लबको तेह्रौँ साधारणसभाबाट काफ्लेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। निर्वाचन अधिवेशनका रुपमा सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि राजधानी दैनिकमा कार्यरत काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

क्लबको उपाध्यक्षमा कान्तिपुर दैनिकका अंगद ढकाल, महासचिवमा नयाँ पत्रिकाका अमुल थापा, सचिवमा गोरखापत्र दैनिकका कबिन अधिकारी, कोषाध्यक्षमा केशव थापा निर्विरोध निर्वाचित भए। यसैगरी सदस्यहरुमा सञ्जोग मानन्धर, निशा भण्डारी, इलिट जोशी, बिजु महर्जन, सरोज बैजु र सन्जित परियार चयन भएका छन्।

निर्वाचित समितिलाई आइतबारै एक समारोहबीच निर्वाचन समितिका संयोजक एआईपीएसका कोषाध्यक्ष तथा अधिवक्त निरञ्जन राजवंशी र संस्थापक अध्यक्ष चन्द्रशेखर कार्कीले बधाई तथा शुभकामना दिए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा क्लबका पूर्वअध्यक्ष प्रकाश माथेमा, वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ पनि उपस्थित थिए।

क्लबले फोटोपत्रकारहरूको क्षमता अभिवृद्धिका लागी विभिन्न कार्ययोजना गर्दै जाने अध्यक्ष काफ्लेले बताए। संखुवासभामा जन्मिएका काफ्ले संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशन (एसकाज) आवद्ध छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजिवी पत्रकारहरूको हकहितका लागी अझै सक्रिय भूमिका निभाउँदै जाने निर्णय पनि क्लबले गरेको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *