च्यासलमा एमाले सचिवालय बैठक जारी

news-details

सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि सुरु भएको हो ।

बैठकमा वर्तमान राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

साथै राष्ट्रिय प्रतिनिधि परिषद् बैठक तयारीका विषयमा पनि छलफल हुने कार्यसूची रहेको बताइएको छ ।

आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनको तयारीका बारेमा पनि आजको बैठक छलफल हुने नेताहरुले जनाएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *