सांसद मन्जु अन्सारीको निधन
- चैत्र ४, २०८०
- 0
प्रतिनिधि सभा सदस्य मन्जु अन्सारीको आइतबार निधन भएको छ । जनता समाजबादी पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी उनको हृदयघातका कारण काठमाडौको सिभिल अस्पतालमा मृत्यु भएको जसपा प्रबक्ता मनिस सुमनले जानकारी दिए ।
जनता समाजबादी पार्टीका तर्फबाट तात्कालिन अवस्थामा समानुपातिक सांसद चुनिएकी सहनाज रहमानको हृदयघातकै कारण २०७९ फागुन १३ गते निधन भएपछी पार्टीको सिफारिसमा अन्सारी २०७९ चैत ६ गते प्रतिनिधि सभा सदस्य चुनिएकी थिइन् ।
२०४६ सालमा तत्कालिन नेपाल सदभावना पार्टीबाट राजनीति सुरु गरेकी अन्सारीले पार्टी निकट सद्भावना महिला मञ्चको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।
उनले २०५६ सालमा सदभावना पार्टीबाट रौतहट क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गरेकी थिइन् । उनी २०६४ सालमा भएको मधेस विद्रोहमा सहभागी भएकी थिइन ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




