सांसद मन्जु अन्सारीको निधन

news-details

प्रतिनिधि सभा सदस्य मन्जु अन्सारीको आइतबार निधन भएको छ । जनता समाजबादी पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी उनको हृदयघातका कारण काठमाडौको सिभिल अस्पतालमा मृत्यु भएको जसपा प्रबक्ता मनिस सुमनले जानकारी दिए ।

जनता समाजबादी पार्टीका तर्फबाट तात्कालिन अवस्थामा समानुपातिक सांसद चुनिएकी सहनाज रहमानको हृदयघातकै कारण २०७९ फागुन १३ गते निधन भएपछी पार्टीको सिफारिसमा अन्सारी २०७९ चैत ६ गते प्रतिनिधि सभा सदस्य चुनिएकी थिइन् ।

२०४६ सालमा तत्कालिन नेपाल सदभावना पार्टीबाट राजनीति सुरु गरेकी अन्सारीले पार्टी निकट सद्भावना महिला मञ्चको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।

उनले २०५६ सालमा सदभावना पार्टीबाट रौतहट क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गरेकी थिइन् । उनी २०६४ सालमा भएको मधेस विद्रोहमा सहभागी भएकी थिइन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *