महानगरको ज्यादतीविरुद्ध पत्रकारहरुको अनशन जारी

news-details

काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध श्रमजीवी पत्रकार संघ नेपालले विहीबार तेस्रो दिन पनि रिले अनशन जारी राखेका छन् ।

गत फागुन १६ गते राति काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीचको झडपको क्रममा कुटिएका पत्रकार पदमप्रसाद पोखरेलको न्याय माग गर्दै गत मंगलबारदेखि राष्ट्रिय सभागृह अगाडि धर्ना दिँदै आएका छन् ।

संघका अध्यक्ष जन्मदैव जैसीले महानगर प्रहरीको आक्रमणबाट घाईते भएका पत्रकार पदमप्रसाद पोखरेलको उपचार खर्च जफत गरिएको सामाग्री फिर्ता तथा दोषीलाई कारबाहीको माग गर्दै अनशन जारी राखेको बताए । मेयर बालेन साहलाई पत्रपनि पठाएको बेवास्ता भएपछि बाध्य भएर अनशन बस्नुपरेको उनको भनाई छ ।

‘काठमाडौं महानगर प्रहरीले बालेन शाहको निर्देशनमा पत्रकार पदमप्रसाद पोखरेलमाथि निर्मम कुटपीट भयो । पत्रकार हुँ भनेर कार्ड देखाउँदा पनि कुटपीट गर्ने, साम्रगीहरु जफत गर्ने, कार्ड पनि खोस्ने गरेको छ । मेयरलाई हामीले पत्रपनि पठायौं । उहाँको तीन दिनसम्म ट्रमा सेन्टरमा भएको उपचार खर्च सामान फिर्ता गर्नुपर्छ । हामीले एक हप्तासम्म कु¥यौं । जे बचन दिनुभयो त्यो व्यवहारमा नभएपछि हामी बाध्य भएर अनशन बस्नुपरेको छ । आक्रमणमा उत्रिएका प्रहरीलाई महानगरले कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’

संघले पत्रकारमाथिको आक्रमण रोक्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न, महानगर प्रशासनको दादागिरी अन्त्य गर्न, घाइते पत्रकारको उपचार र जफत सामान फिर्ता गराउनलगायतको माग गरेको छ । माग सम्बोधन नभएसम्म निरन्तर धर्ना दिइरहने संघले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *