काम गर्न नसकेको दिन आफैं सरकार छाडेर जान्छौं : वाग्ले

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णीम वाग्लेले रास्वपाले शुसासन र युवा केन्द्रीत मन्त्रालय रोजेर नै लिएको भन्दै काम गर्न नसकेको दिन आफै सरकारबाट बाहिरिने बताएका छन् ।

बुधबार प्रधानमन्त्री दाहालले विश्वासको मत लिन प्रतिनिधि सभामा प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले रास्वपाले शुसासन र युवा केन्द्रीत मन्त्रालय रोजेर नै लिएको भन्दै काम गर्न नसकेको दिन आफै सरकारबाट बाहिरीएर प्रधानमन्त्रीले गलहत्याउनु पर्ने अवस्था नबनाउने बताएका हुन् ।

उनले भने,‘हामी बिगार्न, भत्काउन, तोड्न र उखेल्न आएका हैनौं । हामी काम गर्न आएका हौं । प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौं । प्रश्न ग¥यौं । अब सरकारबाट डेलिभरी दिन सकिन्छ कि भनेर आएका छौं । शुसासन र युवा केन्द्रीत मन्त्रालय रोजेर नै लिएका छौं । गर्न नसकेको दिन हामी आफै बाहिरीने छौं । प्रधानमन्त्रीज्युलाई सजिलो बनाइदिन्छौ। । उहाँले हामीलाई गलहत्याउनु पदैन् ।’

राष्ट्रहितको विषयमा काम गर्ने प्रधानमन्त्रीको चाहनालाई साथ दिन रास्वपाले जोखिम मोलेर साथ दिएको उनको भनाई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *