गठबन्धन तोड्नु जनमतलाई धोका दिनु हो : विश्वप्रकाश

news-details

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत मंसिर ४ मा जनतासामु गरेका वचन र प्रतिवद्धतासहित गरेको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनताको जनमतमा टेक्दै विश्वासको मत दिन नसकिने बताएका छन् ।

बुधबार प्रधानमन्त्री दाहालले विश्वासको मत लिन प्रतिनिधि सभामा प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै कांग्रेस महामन्त्री शर्माले सरकारले आफ्नो शैली र प्रवृति नभइ कांग्रेस पार्टी संविधानलाई टेकेर अघि बढ्ने बताएका हुन् ।

उनले भने, ‘आज विश्वासको मतको सम्बन्धमा प्रमुख विपक्षी दल भएका कारणले शुभकामना राख्छ । मेरो पार्टीको तर्फबाट जानकारी गराउँदै गर्दा गत मंसिर ४ गते जनाताको बीचमा गरिएको वाचा, प्रतिवद्धत तोडेर, गठबन्धनलाई छाडेर जनतालाई धोका दिएपछि अर्को गठबन्धन बनाएर सरकार गठन गर्दैगर्दा मंसिर ४ को जनमतको जगमा विश्वासको मत दिन नसकिने कुरा जानकारी गराउन चाहन्छु ।’

महामन्त्री शर्माले सरकारले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्ने उल्लेख गरे । संविधानको कार्यान्वय, संवैधानिक लोकतन्त्रलाई समृद्ध बनाउने विषयमा कांग्रेस प्रतिपक्षीय भूमिकामा रहने बताए ।

उनले भने, ‘यो दशमा केही भएको छैन । केही हुँदैन । यो सतीले सरापेको देश हो भन्ने मनोविज्ञान राखिरहेको कुनै नागरिकले यो देशमै केही गर्न सकिन्छ भन्ने बुझाउन आवश्यक छ ।’

उनले ‘प्रचण्ड’लाई ‘धोका पाएकाहरु एक हौँ भनेर नारा लागे कहाँ पुग्नुहोला ?’ भनी प्रश्न गरेका छन् । उनले पहिले धोका पाएको नेकपा (एमाले) र कांग्रेस मिले के होला भन्दै प्रश्न गरेका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र आफ्ना सभापति शेरबहादुर देउवाबीच सहमति भए प्रचण्डको प्रधानमन्त्रीको पद नरहने संकेत गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *