प्रतिवद्धता पूरा गर्ने भनेपछि प्रचण्डलाई समर्थन गरेका हौं : ओली

news-details

नेकपा एमालेका अध्यक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि विश्वास र समर्थन गर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले प्रतिबद्धता अनुसार काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेको भन्दै आफ्नो समर्थन रहेको बताए ।

उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रश्ताव मन्तव्यमा प्रतिबद्धता जनाउनु भएको छ । प्रतिबद्धता गरेका काम गर्न सकेन भने मेरो प्रधानमन्त्रीत्वमा औचित्य छैन् । यसमा विश्वास गर्नु मलाई मत दिनु भनेपछि मत किन नदिने ? यति प्रतिबद्धता जनाउनु भएको छ, म यस प्रस्तावलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि यस गरिमाको विश्वास छ भन्ने कुरालाई समर्थन गर्दछु ।’

अध्यक्ष ओलीले देशका समस्या समाधान गर्ने हिसाबमा अगाडि बढ्न, आधारभूत रुपमा प्रजातन्त्रलाई बलियो बनाउन, संविधान कार्यान्वयन गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन सँगै काम गर्ने संकल्प गरेको पनि सुनाए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *