पहाडी क्षेत्रमा आंशिक बदली, उच्च पहाडमा हल्का हिमपातको सम्भावना

news-details

आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जसकारण आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *