‘रिजन चेयर पर्सन’ न्यौपानेले सम्पन्न गरे ‘रिजन कन्फे्रन्स’ कार्यक्रम

news-details

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आई रिजन १५ का चेयर पर्सन लायन केदारप्रसाद न्यौपानेले रिजन कन्फ्रेन्स कार्यक्रम सम्पन्न गरेका छन् ।

काठमाडौंको अनुपम फुडल्यान्डमा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ नेपालका डिष्ट्रिक गर्भनर लायन चन्द्रकुमार केसीको प्रमुख आतिथ्यतामा रहेको थियो भने विशेष आतिथ्यता सेकेन्ड भाइस डिष्ट्रिक गर्भनर लायन पार्वती खरेल(पाण्डे)कोे रहेको थियो ।कार्यक्रममा जोन ३० का चेयर पर्सन बिना श्रेष्ठ, जोन ३१ का चेयर पर्सन, मेघा तिमल्सिना र जोन ३२ का चेयर पर्सन पुनम भण्डारीले आफ्ना क्लवहरुले गरेका कार्यहरुको विवरण प्रस्तुत गरेका थिए ।

जसअन्तर्गत ‘वेस्ट जोन चेयर पर्सन अफ दि इयर’ वन्डर उमनकी चार्टर प्रेसिडेन्ट लायन मेघा तिमल्सिनालाई प्रदान गरिएको थियो भने आउटस्ट्यान्डिङ चेयर पर्सनमा जोन चेयर पर्सन बिना श्रेष्ठ र पुनम भण्डारीलाई प्रदान गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा डिष्ट्रिक गर्भनर केसीले लायन्स क्लब अफ काठमाडौं अन्तर्गतका क्लवहरुले गरेको कार्यको प्रशंसा गरे । लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुह का संस्थापक अध्यक्ष समेत रहेका न्यौपानेले रगतको क्षेत्रमा पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै अन्य क्लवहरुले पनि सिक्न आवश्यक रहेको बताए । त्यस्तै लायन्स क्लब अफ काठमाडौं रञ्जना सिस्टर्स, वन्डर उमनलगायतका क्लबहरुले गरेको सामाजिक कार्यको खुलेर प्रसंसा गरे ।त्यस्तै रिजन चेयर पर्सन न्यौपानेले सबैको साथ र सहयोगले आफ्नो क्लवले रगतको क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि थुप्रै सामाजिक कार्यहरु गर्न सफल भएको बताए ।

साथै क्लवमा उत्कृष्ट कार्य गर्ने पिभिएसटिहरुलाई मायाको चिनो साथै सम्मान प्रदान गरिएको थियो ।कार्यक्रममा डिस्ट्रीक सेक्रेटरी लायन महेश पाण्डे, डिस्ट्रीक चिफ एडभाईजर लायन सुर्य कुमार केसी, एसडि कोर्डिनेटर जनार्दन फूँयाल, पढाओ अभियानका डिस्ट्रीक कोर्डिनेटर विष्णुप्रसाद भण्डारी, सिनीयर एड्भाइजर पृथ्बीराज अर्याल, रिजन चेयर पर्सन लायन राम प्रसाद श्रेष्ठ, रिजन चियर पर्सन लायन बविता रोकाया, डा. सुरेन्द्रजंग बस्नेत लयागतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया