शर्मा र दाहालले गराए उम्मेदवारी दर्ता

news-details

राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि कांग्रेसका युवराज शर्मा र गठबन्धनबाट माओवादी केन्द्रका नारायणप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बानेश्वरस्थित संसद् भवनमा पुगेर दाहाल र शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।

शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा किरणबाबु श्रेष्ठ र लोसपाका शेखर कुमार सिंह रहेका छन् ।

यसअघि कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरे पनि नयाँ सत्ता समीकरणपछि कांग्रेसले शर्मालाई अघि सारेको छ ।

यस्तै, दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एसका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

राष्ट्रिय सभाको अंकगणितअनुसार सत्ता गठबन्धनले अध्यक्ष सहजै जित्ने अवस्था छ । अध्यक्ष चयनका लागि राष्ट्रिय सभा निर्वाचन भोली हुँदैछ ।

५९ सदस्यीय राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसको १६, एमालेका १०, नेकपा एसका ८, जसापका ३, लोसपा र राजमोका एक–एक सदस्य छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *