राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : उम्मेदवारको मनोनयन दर्ता आज
- फाल्गुन २८, २०८०
- 0
राष्ट्रिय सभा अध्यक्ष निर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले मंगलबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो ।
उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको लागि छुट्याइएको छ । उम्मेदवारको नामावली सोमबारै साढे १ बजे प्रकाशित हुनेछ ।
राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भइसकेको छ भने माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विपक्षमा रहेका दलहरूबीच सहकार्यको ढोका खुला राख्दै अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




