राष्ट्रिय सभा अध्यक्षको चुनाव मंगलबार, सूचना प्रकाशन गर्न उपाध्यक्ष अर्यालको निर्देशन
- फाल्गुन २७, २०८०
- 0
फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने निर्वाचनको सूचना प्रकाशन गर्न राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले आज निर्देशन दिएकी छन् ।
उपाध्यक्ष अर्यालले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई सूचना प्रकाशनका लागि निर्देशन दिएकी हुन् ।
यही फागुन २० गतेबाट रिक्त अध्यक्षको पदपूर्तिका लागि फागुन २९गते मंगलबार निर्वाचन गरिने मिति तय भएको आइतबारको राष्ट्रिय सभा बैठकमा अर्यालले जानकारी गराइन् ।
आइतबारको सर्वदलीय बैठकमा कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनाव सार्न आग्रह गरे पनि फागुन २९ गतेलाई नै चुनाव मिति तोकिएको हो ।
५९ सदस्यीय राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठुलो पार्टी छ । उसको उपाध्यक्षसहित १८ सांसद छन् । यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठुलो दल हो । एमालेका १० जना सांसद छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




