आज देशभरको मौसम सफा रहने, यी दुई प्रदेशमा हल्का हिमपातको सम्भावना

news-details

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, वागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

आज राती कोशी, वागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया