संगठित पार्टी सदस्यको विवरण केन्द्रीय कार्यालयमा पठाउन जसपाको परिपत्र
- फाल्गुन २५, २०८०
- 0
जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठित पार्टी सदस्यको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र गरेको छ ।
पार्टीको महाधिवेशनको तयारीमा रहेको जसपाले सदस्यहरुको विवरण पठाउन तल्ला तहका कमिटीलाई निर्देशन दिएको हो । फागुन २३ र २४ गते बसेको पार्टीको बैठकको निर्णयबमोजिम भन्दै केन्द्रीय कार्यालयले बिहीबार परिपत्र गरेको छ ।
विभिन्न पार्टी समिति तथा सङ्गठनहरुबाट सङ्गठित पार्टी सदस्य बितरण र नवीकरण सम्पन्न गरी सो विवरण पठाउन केही समयावधि थप गर्न माग भएबमोजिम पार्टीले सो निर्णय गरेको हो ।
उक्त समयावधिमा सदस्यताको विवरण नपठाएको खण्डमा महाधिवेशन प्रक्रियामा भागेदारी हुने सम्भावना नरहने व्यहोरा समेत जानकारी गराइएको छ । सदस्यहरुको रेकर्ड अद्यावधिक गर्नको लागि सङ्गठित पार्टी सदस्यको विवरण (सफ्ट कपी) समेत उपलब्ध गराउन भनिएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




