आफूसँग हुँदा इमान, छोडेपछि बेइमान हुदैन : प्रधानमन्त्री प्रचण्ड

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस संसदीय दल बैठकले आफूलाई ‘राजनीतिक बेइमान’ को संज्ञा दिएको भन्दै जवाफ फर्काएका छन् ।

संसद बैठकमा सम्बोधन गर्दै उनले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटिले आफूले यो कदम चालेको बताए ।

‘मैले कांग्रेसका नेताहरूलाई धन्यवाद पनि दिएको छु, आफूसँग हुँदा इमान, अर्कोसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन। यो राजनीतिक परिस्थिति र मुद्दामा निर्भर रहने कुरा हो।’

उनले राजनीतिमा केही आशंका भएपछि अहिलेको अवस्था आइपरेको बताएका थिए। गत सोमबार उनले कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया