प्रचण्ड विश्वासघाती र राजनीतिक बेइमान : नेपाली कांग्रेस
- फाल्गुन २४, २०८०
- 0
नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ ।
प्रधानमन्त्री दाहालले सत्ता समीकरण फेरबलदल गरेपछि बिहीबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको हो । दाहालले राजनीतिक बेइमानी गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराउने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले विश्वासघात गरेको बताए । उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालजीले हामीलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो यसलाई हामीले राजनैतिक बेमाइनी ठहर गरेका छौं ।’
गठबन्धन तोडेर प्रधानमन्त्रीले देशलाई अस्थिरता र अनिश्चिततातर्फ लगेको लेखकको आरोप छ । त्यस्तै संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने कांग्रेसले जनाएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




