प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल (पिफान)को आयोजनामा वृहत् बनभोज कार्यक्रम हुने भएको छ ।

वैदेशिक रोजगार व्यवसायीहरुका बिच एकआपसमा आत्मीयता र भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले मञ्चले चोभारस्थित आदिनाथ सामुदायिक बन उपभोक्ता समुह कीर्तिपुरमा आगामी चैत्र २ गते वृहत् बनभोज कार्यक्रम आयोजना गर्न लागेको मञ्चका अध्यक्ष जनक रावलले जानकारी दिए ।

बिहान ९ बजेबाट सुरु हुने कार्यक्रममा विभिन्न सांगितिक कार्यक्रमहरु पनि हुने छ । कार्यक्रमलाई रोचक बनाउन वरिष्ठ हास्यकलाकार मनोज गजुरेल, हास्यकलाकार सुबोध गौतम र दिपेन्द्र प्रसाई त्यस्तै दोहोरी गायक बद्री पंगेनी, कलाकार हरि डाँगी र गायीका इस्बु सन्ज्यालको बजोड प्रस्तुती रहने आयोजकले बताए ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीहरु लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु साथै कलाकार, पत्रकारहरुको समेत उपस्थिति रहने छ ।

सम्पुर्ण व्यवसायीहरु एकजुट भएर बनभोज कार्यक्रममा सरिक भई कार्यक्रमलाई सव्य र भव्य रुपमा सफल बनाउन अध्यक्ष रावलले आग्रह रहेका छन् ।