नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल तोकिएका छन ।
एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो ।
बर्तौला यसअघि सचेतक थिए । त्यस्तै, सांसद सुनिता बराल सचेतक बनेकी छिन ।








