टीआरसी विधेयक अझै समितिमै, दलहरूबीच जुटेन सहमति

news-details

कानुन, न्याय तथा मानवअधिकार समितिमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) बारे अझै सहमति जुटेको छैन । लगातार छलफल सार्दै उक्त विधेयकमाथि अब आगामी बैठकमा पुनः बहस हुने भएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको उक्त समितिको आइतबारको बैठकबाट टीआरसीमा दलहरू सहमतिमा पुग्न सकेनन् । आगामी बैठकमा पुनः छलफल गरी पारित गर्ने निर्णय भएको समिति सभापति विमला सुवेदीले बताइन ।

उनले भनिन्,‘बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदन र समितिको आजको बैठकमा भएको छलफलको आधारमा आगामी बैठकमा कानुन मन्त्रालय र समिति सचिवालयले यो विधेयक सम्बन्धि मस्यौदा प्रतिवेदन तयार गरी पेस गर्ने र छलफल गरी पारित गर्ने छ ।’

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले दुई विषयमा छलफलका लागि थप समय आवश्यक पर्ने भएकाले समितिलाई थप समय माग्नुपरेको बताए ।

पीडितको स्वतन्त्र सहमति नभए के गर्ने र घटी सजायबारेका दुई विषयमा छलफल गर्न उनले समितिमा समय मागेका हुन् ।

उनले भने, ‘पीडितको स्वतन्त्र सहमतिको कुरा आयो । स्वतन्त्र सहमति हुनुपर्छ नभए के गर्ने भन्ने विषय ध्यानमा राखेर र घटी सजायको कुरा बाँकी छ । कति घटी गर्नेमा प्रतिशत तोक्ने कुरा भएको छ, फेरि कति तोक्ने ? भन्ने छलफल बाँकी रह्यो । यो दुई विषयले समय माग्यो । अरू विषय लगभग मिल्यो ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *