लायन्स क्लव अफ काठमाडौं रञ्जना सिस्टर्स र बलेफि गाउँपालिका वडा नं ७ सिन्धुपाल्चोकको संयुक्त आयोजनामा निःशुल्क एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बलेफि गाउँपालिकास्थित स्वरस्वती माध्यमिक विद्यालयको प्रागंणमा आयोजित स्वास्थ्य शिविर कार्यक्रमको प्रमुख आतिथ्यता नेपाली कांग्रेस काठमाडौं सिन्धु सम्पर्क मञ्चका सभापति सुभास तिमल्सिनाको रहेको थियो भने सभापतित्व बलेफि गाउँपालिका वडा नं ७ का वडाध्यक्ष गिबेन्द्र चौलागाईको रहेको थियो ।

सिन्धुपाल्चोकको बिकट बलेफि गाउँपालिकाका मानिसहरु स्वास्थ्य परिक्षणको अभावमा विभिन्न रोगहरुबाट ग्रसित भइरहेको अवस्थामा रञ्जना सिस्टर्सले वलेफि गाउँपालिकासँग सहकार्य गरि स्वास्थ्य शिविर संचालन गरेको क्लबकी संस्थापक अध्यक्ष बिना श्रेष्ठले जानकारी दिइन् ।

क्लवले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरु जस्तै बाढीपहिरो भुकम्प, कोरोना लगायतका महामारीमा तत्काल राहत समाग्री वितरण, वृक्षरोपण, सरसफाई, हंगर रिलिफ प्रोग्राम, पाटी पौवा निर्माण, निशुल्क स्वास्थ्य शिविर संचालन लगायतका कार्यहरु गर्दै आएको बताउँदै क्लबकी अध्यक्ष एलिशा श्रेष्ठ (महत)ले आगामी दिनहरुमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिदै जाने बताईन् ।
उनले स्थानीय जनप्रतिनिधिको ध्यानाकार्षण गराउँदै बलेफि गाउँपालिकाकाे बाटाेकाे अवस्था एकदमै नाजुक रहेकाेले त्यहाँका मानिसहरूले धेरै दुख पाएकाे र सहयाेगकाे लागि पनि एकदमै कठिन भएकाले तत्काल पूर्वाधारकाे सुधार गर्न आग्रह गरिन ।
त्यस्तै शिविरमा २ सय जनाभन्दा बढीले स्वास्थ्य परिक्षण गराएको उनले जानकारी दिइन् ।

क्लवकी प्रथम उपाध्यक्ष कल्पना श्रेष्ठले आफ्नो संयाेजकत्वमा आफ्नो जिल्लाको विकट गाउँका मानिसहरूलाई सहयाेग गर्ने हेतुले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेकाे बताईन् ।
क्लबले गरेको निशुल्क स्वास्थ्य शिविरले धेरै मानिसहरु लाभान्वित भएको भन्दै वडाध्यक्ष चौलागाईले क्लवप्रति आभार व्यक्त गरे । त्यस्तै स्वास्थ्य परिक्षण लिन आएका मानिसहरु पनि निशुल्क स्वास्थ्य परिक्षण गर्न पाउँदा एकदमै हर्षित थिए ।

कार्यक्रम लाई सफल बनाउन प्राविधिक सहयाेग लाेकप्रिय स्वास्थ्य समाजकी अध्यक्ष तुलसीदेवि मानन्धरकाे टिमकाे महत्वपुर्ण भुमिका रहेकाे थियाे ।
त्यस्तै बलेफि गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी हरूकाे पनि विशेष सहयाेग रहेकाे थियाे । क्लवले सिन्धुपाल्चोकस्थित सिन्धु बहिरा आधारभूत विद्यालय बाह्रबिसेमा नैतिक मुल्य सम्बन्धि सचेतना कार्यक्रम पनि सम्पन्न गरेको छ । क्लवले उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गर्दै उनीहरुको मनोबल उच्च गराउन उक्त कार्यक्रम आयोजना गरेको हो ।








