काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट बच्चा चोरी भएको छ।

प्रहरीका अनुसार आज एकजना महिलाले बच्चा चोरेर फरार भएकी हुन् । काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक जना महिलाको २६ दिने छोरी चोरी गरेर महिला फरार भएकी हुन् ।

शिशुलाई बोक्ने भन्दै लिएर महिला फरार भएकी हुन् । थप अनुसन्धान भइरहेको बताइएको छ ।