जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बिहान ११ बजे बैठक बोलाइएका छन् ।

बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा समेत छलफल हुनेछ ।