नेपाल–अष्ट्रेलियाबीच भएको ‘टिफा’ सम्झौता के हो ?

news-details

माघ अन्तिम साता परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा नेपाल र अष्ट्रेलियाबिच व्यापार तथा लगानी सम्बन्धी ‘टिफा’ सम्झौता भयो ।

अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबिच उक्त सम्झौतामा हस्ताक्षर भएको थियो ।परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो ।

हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीहरुले नेपाल र अष्ट्रेलियाबिच मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पु¥याउन सम्झौता महत्वपूर्ण हुने धारणा राखेका थिए। सम्झौतामा हस्ताक्षर गरेका अष्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अष्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताएका थिए ।

तर उक्त सम्झौता महत्व र औचित्यका बारेमा अन्यौलता कायम छ । उक्त सम्झौताका बारेमा अष्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोखरेलले ‘ट्रेड एण्ड इन्भेष्टमेन्ट फेमवर्क एग्रिमेन्ट (टिफा)’दुई देश विचको ब्यापार तथा लगानी बढाउन सहजीकरण, प्रबर्द्धन र प्रविधिक सहयोगका लागि सहयोगी हुने बताए ।

अष्ट्रेलियाको पश्चिमी राज्य पर्थमा हस्ताक्षर गरिएको टिफा सम्झौता दुई देश विचको ब्यापार तथा लगानी बढाउन सहजीकरण, प्रबर्द्धन र प्रविधिक सहयोग समेतको लागि एउटा संयन्त्रको गठन गरिने र जसमा दुवै देशका सम्बन्धित निकायका उच्च अधिकारीहरु आवद्ध रहनेछन् ।

‘जोइन्ट अष्ट्रेलिया–नेपाल इन्भेष्टमेन्ट कमिटी’ नाम दिइएको उक्त कमिटिमा नेपालमा उद्योग, बाणिज्य तथा आपूर्ति मंत्रालयले गर्दछ भने अष्ट्रेलियाबाट बिदेश मामला र ब्यापार बिभाग(डिएएफटी) गर्ने राजदूत पोखरेलले जानकारी दिएका छन् । कमिटिमा दूताबासले पनि प्रतिनिधित्व गर्नेछ ।

संयन्त्रको बैठक प्रत्येक दुई वर्षमा आलोपालो गरी दुवै देशमा बस्नेछ । बैठकहरुमा दुई देशविच ब्यापार र लगानी वढाउने हरेक विषयहरुमा छलफल हुनेछ पोखरेलले बताए ।

‘बैठकमा सम्भावनाहरु, चुनौतीहरु, सुधारका उपायहरु, निजी क्षेत्रलाई आकर्षित र सहजीकरण गर्ने विषयहरुलगायत विविध विषयहरुमा क्षेत्रगत रुपमा विस्तृत छलफल हुनेछ र त्यही अनुसार विभिन्न निकायहरुले कार्य गर्नेछन्,’ पोखरेलले भने ।

बैठकमा उठेका बिषयमा निरन्तर प्रयास, वार्ता, औपचारिक–अनौपचारिक कुराकानी, दुवै देशका अधिकारीहरु र राजनीतिक तहमा भएको छलफल र समन्वय पछि टुंगोमा पुग्नेछ । सम्झौताले दुइ देशको सम्बन्धलाई नयाँ पुर्याएको छ र दुवै देशका निजी क्षेत्र एवम डायस्पोराका बिचमा आशा जगाएको राजदूत पोखरेलको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *