राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक आज

news-details

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

केन्द्रीय कार्यसमितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई–मधेश क्षेत्रमा सञ्चालित प्रशिक्षणको समीक्षा बैठकले गर्ने बताइएको छ ।

पार्टीको सांगठनिक अवस्था, भावी कार्ययोजना तथा आन्दोलन र बृहत् राष्ट्रवादी मोर्चा निर्माणका बारेमा पनि छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा अध्यक्ष कमल थापाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशाबारे धारणा राख्नेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *