शक्तिशाली राष्ट्रहरूबीचको वैमनस्यले ठूलो क्षति भयो : ओली

news-details

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भविष्यमा आउनसक्ने चुनौतिहरुको सामना गर्न सान्दर्भिक राजनीतिक दर्शनको आवश्यकता रहेको औंल्याएका छन् ।

पार्टीनिकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शक्तिशाली राष्ट्रहरू बीचको वैमनस्यले गर्दा विकासउन्मुख देशहरुले क्षति व्यहोर्नुपरेको बताए ।

उनले भने,‘भविष्यमा आउनसक्ने समस्या र चुनौतीहरुलाई सामना गर्न वर्तमान समाज सान्दर्भिक राजनीतिक दर्शनको आवश्यकता पर्छ । शक्तिशाली राष्ट्रहरूविचको वैमनस्यले गर्दा हुने क्षतिको स्रोत हो । अरूको मूल्यमा आफ्नो प्रभाव प्रयोग गर्ने प्रयासमा संसारमा हावी हुनु अथाह छ । समाज र राष्ट्रहरू बीचको यो द्वन्द्व आजपनि यसरी नै जारी छ र यसले सबै राष्ट्र र जनताका लागि विनाशकारी प्रभाव पारेको छ ।’

चरमपन्थी निरंकुश राष्ट्रहरुको शासनले अनावश्यक मानवीय पीडा, युद्ध र अकल्पनीय क्षति निम्त्याएको ओलीको भनाइ छ ।

गरिब विरुद्धको लडाईंमा सफलता हासिल गर्नु नेपाली विकासको अवधारणा रहेको बताउँदै ओलीले नेकपा एमाले ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्प पुरा गर्न प्रतिवद्ध रहेको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *