ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दाको फैसला सम्भवतः आज सुनाइने भएको छ ।
गत माघ २ गतेदेखि विशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिए पछि सम्भवतः आज फैसला सुनाउन लागिएको हो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनवाइ सम्पन्न भएकाले सम्भवतः बुधबार नै फैसला सुनाउने गरी तयारी भएको छ ।
पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङलगायत सो मुद्दामा तानिएका छन ।








