नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ

news-details

संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले शपथ ग्रहण गरेका छन् ।

बुधबार संसद भवनमा सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो ।

पाण्डेयलाई राष्ट्रपति रामचन्द्र पौडेलले संसद् महासचिवमा नियुक्त गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *